बाँके। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा देशभर २ हजार १९७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख ४१ हजार ५३५ पुगेको छ। हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.५ प्रतिशत निको भइसकेका छन्। यसै गरी बाँकेको कोहलपुर नगरपालिकामा कोरना संक्रमण संख्या आज १९ मा यथावत रहेको छ । पछिल्लो समय कोहलपुरमा संक्रमित संख्या २४ बाट झरेको हो ।संक्रमण अझै फैलिने नगर स्वास्थ्य कार्यालयले जनाएको छ । नगर स्वास्थ्य कार्यालयका कोभिड १९ का फोकल पर्सन गेहराज खनालले संक्रमित होम आइसोलेसन रहेको र उनीहरुलाई वडा स्थित स्वास्थ्य संस्थाहरुले मनोपरामर्श सेवा उपलब्ध गराइराखेको बताएका छन । नेपालमा हालसम्म ७ लाख ३३ हजार २६० जनामा कोरोना पुष्टि भएको छ।