२६ जेष्ठ २०८२, आईतवार

२५ पुग्यो आज कोहलपुरमा कोरना संक्रमित संख्या
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकामा कोरना संक्रमित संख्या आज २५ पुगको छ । पछिल्लो समय यो संख्या कोहलपुरमा बृद्धि दरमा छ । आज १ जना पुरुष र २ जना महिलामा कोरना संक्रमण देखा परेको हो । हिजो ८ जना पुरुष र १४ महिला गरी २२ जना संक्रमित थिए ।  संक्रमित सबै होम आइसोलेसनमा छन कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन । नगर स्वास्थ्य कार्यालयले सार्वजनिक रुपमा आम नागरिकमा संक्रमण फैलिन नदिन सामाजिक दुरी तथा स्वास्थ्य मापदण्ड पालना गर्न अनुराध गरेको छ । खनालले दिएको जानकारी अनुसार यो संख्या कोहलपुर थप हुन सक्ने बताएका छन । संक्रमित सबैलाई स्थानीय स्वास्थ्य संस्थामा आवद्ध कर्मचारीहरुले मनोपरामर्श सेवा दिइरहेको खनाललेजानकारी गराएका छन । पछिल्लो समय सार्वजनिक यातायात ,बजार लगाएत क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना भएको छैन ।

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech