कोहलपुर।कोहलपुर नगरपालिकामा कोरना संक्रमित संख्या आज २१ मा झरेको छ । पछिल्लो समय यो संख्या २५ हुदै २२ सम्म पुगेको थियो । आज १ जना महिला संक्रमित मुक्त भए पछि कोहलपुरमा कोरना संक्रमित संख्या २१ मा पुगेको हो ।
अब ७ पुरुष ,१४ महिला गरी २१ जना संक्रमित होमआइसोलेस रहेका छन । उनीहरुलाई वडा स्थित स्वास्थ्य सेवा कार्यालयमा आवद्ध कर्मचारीहरुले मनोपरामर्श सेवा उपलब्ध गराइरहेको कोहलपुर कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन । नगर स्वास्थ्य कार्यालयले यो संख्या अझै थपिन सक्ने बताएको छ । नगर स्वास्थ्य कार्यालयले सामाजिक दुरी पालन माक्सको प्रयोग र स्वास्थ्य मापदण्ड पालना गर्न समेत आम नागरिकहरुमा अपिल गरेको छ ।