१ मंसिर २०८२, आईतवार

स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिन संसदीय समितिको निर्देशन
  • न्युज मानसराेवर

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ। समितिका सभापति जयपुरी घर्तीले सबै परीक्षा केन्द्रमा डाक्टर–नर्स र सामान्य औषधी उपलब्ध गराउँदै स्वास्थ्य मापदण्डको पूर्णपालना गरी परीक्षा लिने वातावरण मिलाउन निर्देशन दिइन्। समितिले परीक्षण गराएर मात्रै परीक्षामा सहभागी गराउन, उपचाररत संक्रमित विद्यार्थीलाई पुनः परीक्षाको मौका दिन भनेको छ।

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech