बाँके। नेपाल पत्रकार महासंघ बाँकेले आचारसंहित भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ । पत्रकार आचारसंहिताको पालना गर्न पटक-पटक अनुरोध गर्दै आइरहेको महासंघ बाँकेले पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा दुई जना पक्राउ परेपछि यस्तो अपील जारी गरेको हो ।
पक्राउ पर्नेमा एबीपी क्राईम न्यूजको सञ्चालक तथा पत्रकार बताउने आशिष मल्ल ठकुरी र सोही अनलाईनको संवाददाता राजन बैश्य रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पत्रकार हुँ भन्दै विभिन्न ब्यक्तिहरुसँग रकम बार्गेनिङ्ग गर्ने कार्यमा संलग्न भएको आरोपमा उनिहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको हो ।