काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आपत्कालीन बैठकले साफ च्याम्पियनसिप नेपालमै आयोजना गर्ने निर्णय गरेको छ। कोभिड–१९ का कारण बंगलादेशले प्रतियोगिता आयोजना गर्न नसक्ने भनेपछि साफले नेपाललाई गर्न प्रस्ताव गरेको थियो। एन्फाले प्रतियोगिता आयोजना गर्न पाँच करोड सहयोग गर्ने अर्थ मन्त्रालयलाई धन्यवाद दिएको छ। श्रीलंका र माल्दिभ्सले पनि संयुक्त रूपमा आयोजना गर्न इच्छा देखाएको छ।