कोहलपुर । नेकपा एमाले कोहलपुर वडा कमिटिको आयोजनामा एक सय ५० भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन। कोहलपुर वडा न ११ वडा कमिटिको आयोजनामा एक सय ५० जना नेपाली काग्रेस नेकपा माओवादी केन्द्र लगाएत दल त्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य हारुन हलुवाईले जन –जनमा नेकपा एमाले प्रतिको स्नेह र राष्ट्रियता प्रतिको नेकपा एमालेको अडानका कारण नेकपा एमाले जनताको मनमा बस्न सफल भएको बताए । उनले नयाँ प्रवेशिकालाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए ।
पूर्व सांसद देवराज भारले राष्ट्रियलाई आत्म साथ गर्ने एक मात्र पार्टी नेकपा एमाले रहेको बताउदै राष्ट्र हित विपरित अग्रसर पार्टी नेपाली कागे्रस र नेकपा माओवादी केन्द्रका गतिविधिहरु नियाल्दै उनीहरुका हर्कत का विरुद्ध एक हुनु पर्ने बेला आएको बताए। यसै गरी नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्य ढकालले नेकपा एमाले पार्टी कसैले चाहेर फुट्ने र जुट्ने पार्टी नभएको बताए । उनले नेकपा एमाले जनताको पार्टी रहेको बताउदै कसैले चाहेर पार्टी नष्ट नहुने बताए ।
नेकपा एमाले मजदुर ,किसान श्रमजीविहरुको अधिकार सुनिश्चित गर्ने पार्टी रहेको बताउदै आम जनतालाई आफ्नो गाउँ आफै बनाउँ भन्ने पार्टी रहेको बताउदै राष्ट्रिय राजनितिक बलियो बनाउँन र राष्ट्र हितका लागि आम जनताले नेकपा एमाले रोज्ने गरेको दावि गरे ।
ढकालले प्रवेश गर्ने सबैलाई नगर कमिटि , राष्ट्रिय युवा संघ क्षेत्रिय कमिटि लगाएत स्थानको जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गरेका छन।
कोहलपुर नगरपालिका मेयर लुट बहादुर (एल्बी) रावत पूर्व लुम्बिनी प्रदेश मन्त्री आरती पोडेल जिल्ला कमिटिका पदाधिकारी लगाएतले पार्टी प्रवेश कार्यक्रममा शुभकामना तथा आफ्नो धारणा व्यक्त गरेका थिए ।