२८ फाल्गुन २०८२, बिहीबार

प्रहरीद्धारा युवतीको उद्धार
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर इलाका प्रहरी कार्यालय २५ वर्षे युवतिको उद्धार गरेको छ । मानसिक संतुलन गुमाएकी राप्ती सोनारी गाउँपालिका वडा न २ निवासी भिमा खत्रीलाई प्रहरीले उद्धार गरेको हो । राप्ती सोनारी २ माथेवास निवासी गोकुला खत्रीको छोरी अबिवाहित बर्ष २५ की भिमा खत्री मंगलबार बाट हराएकी थिइन । इलाका प्रहरी चौकी अगैयाको सिसिटिभीको दृश्यमा अपरिचित व्यक्तिको मोटरसाइकलमा चढेको र उक्त मोटरसाइकल अगैया देखी पूर्वतर्फ गएको देखेपछि प्रहरीले तत्काल खोजि तिब्र पारेको थियो । हराएकी खत्रीलाई राप्तीसोनारी गाउँपालिका वडा न १ बाट बुधबार विहान११ उद्धार गरी अभिभावको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech