६ बैशाख २०८२, शनिबार

नाथनको कलेज निर्माणको लागि सहमति जुट्यो
  • न्युज मानसराेवर

बाँके। नेपालगञ्जको  बसुदेवपुरमा निर्माणका लागि प्रस्तावित नेपाल एकेडमी अफ, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथन) कलेज निर्माणको काम अघि बढ्ने भएको छ । कलेज निर्माणमा स्थानीयले अवरोध गरेपछि रोकिएको निर्माण कार्य सर्बदलिय, सर्वपक्षिय छलफलपछि समाधान हुँदा निर्माण कार्य अगाडि बढ्ने भएको हो ।

नेपालगञ्ज उपमहानगर वडानं. १९ मा सो कलेज स्थापना गर्नका लागि नेपालगञ्ज उपमहानगरले १ विगाह जग्गा उपलब्ध गराएको भए पनि स्थानीय स्तरमा दुई धार्मिक समुदायले सो जमिनमा आ–आफ्नो धार्मिक प्रयोजनको लागि दाबी गरेपछि बिबाद हुँदा निर्माण कार्य रोकिएको थियो ।

आईतबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सर्वपक्षिय सर्वदलिय बैठकले रहेका विबाद तथा अबरोधको समाधान गरी नाथन कलेज निर्माणको लागि बाटो खोलिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।

  • २५ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech