३ आश्विन २०८१, बिहीबार

कहाँ छ सुरक्षाकर्मीको निगरानी ?

प्रचारमा रमाउन खोज्जे प्रहरीको पहिलो नजर होटल छापा मार्ने कार्य भने जारी छ । 'त्यो पनि निश्चित समयको लागि मात्र आखिर किन ? 

  • न्युज मानसराेवर

कोहलपुर। इलाका प्रहरी कार्यालय कोहलपुरबाट दिन मै मोटरसाइकल चोरी भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा काम बिशेषले दिउसो २ बजे प्रबेश गरेका कोहलपुर का मान बहादुर  शाहीको काम सकेर फर्किदै गर्दा इलाका प्रहरी कार्यालय कोहलपुरको पार्किंग गरिएको  बाईक नै चोरी भएको हो।

भे १० प ३५३६ नम्बरको रातो पल्सर बाईक प्रहरीको कम्पाउन्डबाटै हराएको हो । उनले आफ्नो बाईक हराएको भनि प्रहरी समक्ष आफ्नो गुनासोको साथै निबेदन पनि दिएका छन । प्रहरी कार्यालयबाटै बाइक हराउनु शान्ति सुरक्षा कत्तिको छ भन्ने मा प्रश्न चिन्ह खडा भएको छ ।

कोहलुर प्रहरीले चोरी घटनामा संलग्न रहेका बिभिन्न किसीमका चोरहरुलाई पक्राउ गरेको भएता पनि अझैसम्म मुख्य अभियुक्तसम्म पुग्न भने सकेको छैन । यस बिषयमा जानकारी दिदै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होम प्रकाश चौधरीले इलाकामा आएका सेवाग्राहीको बाईक हराएको र सो सम्बन्धमा खोजि कार्य अगाडी बढाईएको जानकारी गराएका छन।

बिडम्बना इलाका वरिपरी रहेका सिसि क्यामेराहरु प्रभाबकारी भने छैनन । चौबिसै घण्टा सुरक्षाकर्मीको निगरानीमा रहेको प्रहरी चौकीबाटै बाईक हराउनु कतिको सुरक्षित छ कोहलपुर ? र बाँके ? कहाँ छ सुरक्षाकर्मीको निगरानी ?

यसै गरी बैजनाथ निवासी आकाश रुचालको घर बाट भे १० प १९७७ को बुलु पल्सर बाइक चोरी भएको २ हप्ता वितिसक्दा समेत प्रहरीले चोरी गर्ने व्यक्ति नियन्त्रणमा लिन सकेको छैन । यसै गरी बैजनाथ ५ बाट समेत मोवाइल चोरी का घटना दर्ता भएका छन तर प्रहरीलेको अनुसन्धान फितलो छ चोरी गर्ने व्यक्ति नियन्त्रण्मा लिन सकेको छैन ।

प्रचारमा रमाउन खोज्जे प्रहरीको पहिलो नजर होटल छापा मार्ने कार्य भने जारी छ । त्यो पनि निश्चित समयको लागि मात्र आखिर किन ? जिल्लामा प्रहरी प्रमुखको आगमन सगै पहिलो नजर होटल छापा नै हो त्यसपछि कुनै छापा गरिएको थाह हुदैन आखिर किन ? यसको जवाफ स्पष्ट छ आर्थिक चहलपहल । समुदाय प्रहरी संग नजिक हुन चाहन्छ तर यस्ता गतिविधिहरुले समुदायमा प्रहरी सेवा बद्नाम हुदै गइरहेको छ ।  पछिल्लो समय बाँकेमा चोरीका घटना नियन्त्रण नहुनु दुखद पक्ष  सगै प्रहरी सेवा प्रभावकारी नदेखिएको स्पष्ट देखिन्छ ।

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech