१ जेष्ठ २०८२, बुधबार

एमाले बाँके जिल्ला अधिवेशनको लोगो सार्वजनिक
  • न्युज मानसराेवर

बाँके \ नेकपा एमाले बाँकेले  ८ औँ जिल्ला अधिवेशनका लागि लोगो सार्वजनिक गरेको छ ।

नेकपा एमाले पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै बाँकेका संचारकर्मी विच लोगो सार्वजनिक गरिएको हो ।

एमालेको जिल्ला अधिवेशन  आगामी २३ र २४ गते हुने छ ।

एमाले जिल्ला अध्यक्ष निरक गुरुङ र नेकपा एमाले प्रचार समिती संयोजक डिल्ली विसीले आज सामुहिक रुपमा लोगो सार्वजनिक गरेका हुन ।

एमाले जिल्ला अधिवेशनको तयारी तिब्र बनाइएको छ । पुष २३ र २४ गते हुने जिल्ला अधिवेशनका लागि बाँकेका ८१ वटा वडाहरु बाट करिब एक हजार १ सय जिल्ला प्रतिनिधि चयन भइसकेका छन।

जिल्लाको नेतृत्वका लागि निरक गुरुङ, रत्न खत्री ,डिल्ली विसी , बसन्ती अधिकारी ,किस्मत कक्षपति लगाएत नेताहरुले अध्यक्षको आकांक्षा प्रकट गरेका छन ।

 

  • १८ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech