बाँके\ नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । कांग्रेसले नेताहरु युवराज शर्मा, गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, दुर्गाकुमारी गुरुङ र नारायणदत्त मिश्रलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेसले लुम्बिनी प्रदेशबाट बाँकेका शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी बाँकेका पुराना कांग्रेस नेता हुन् । शर्मा नेपाली कांग्रेस बाँकेका पुर्वसभापति समेत हुन् । यस्तै कर्णालीबाट गुरुङ र सुदूरपश्चिमबाट मिश्र तथा प्रदेश १ बाट बस्नेत, वागमतीबाट पौडेल, गण्डकीबाट पन्तलाई उम्मेदवार गराउने निर्णय गरेको केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले जानकारी दिए । ‘केन्द्रिय समिति बैठकमा सभापति शेरबहादुर देउवा दाईले युवराज दाई सहित सबैको नाम प्रस्ताव गर्नुभयो, हामी सबैले सर्मथन जनायौं, युवराज दाईलाई पार्टीले न्याय गर्यो,’ उनले भने ।