१३ मंसिर २०८१, बिहीबार

दाङ्पुर महिला समूहले गर्यो विपन्न परिवारलाई उपहार
  • न्युज मानसराेवर

बैजनाथ ।\ बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित साना किसान उद्यमी सुदृृढिकरण परियोजनामा आवद्ध महिलाहरुले उपहार प्रदान गरेका छन। बैजनाथ गाउँपालिका वडा न ६ का दाङ्पुर महिला समूहका महिलाहरुले स्थानीय विपन्न जग बहादुर चौधरीका परिवार व्याकेट ज्याकेट तन्ना लुगी जुत्ता टोपी २ बोरा चामल कम्मल उपहार गरेका हुन । यसै गरी समुहका महिलाहरु स्थानीय जेष्ठ नागरिक तुलारानी चौधरी सोम्लीया चौधरीलाई पछेउरा (सल) उपहार प्रदान गरे भने छात्र दिनेश परियारलाई शैक्षिक सामाग्री प्रदान गरे । 

उहार प्रदान कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका वडा न ६ का अध्यक्ष भद्र बहादुर बस्नेतले समाजमा परियोजनाले ल्याएको परिवर्तन अतुल्नीय रहेको बताए । उनले सामाजिक परिवर्तन सगै यहाँहरुको आर्थिक रुपान्तरणका लागि बैजनाथ गाउँपालिकाले परियोजना संचालनमा ल्याएको दावि गरे । उनले रामपुरमा निर्मित समुहले समाजको अगुवा गरी समाजका आवश्यक उचित मागहरु स्थानीय सरकार संग माग्न समेत आग्रह गरेका थिए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका योजना प्रमुख डोटी नेपाली  वडा सदस्य पुतली हमाल बैजनाथ गाउँपािलका पशु शाखा प्रमुख खड्क बहादुर सिह साझेदार संस्था उत्पीडित सामुदायिक विकास केन्द्रका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा समुह गठन भएको ४ महिनामा ४७ हजार बचत गरेका छन। समुहमा आवद्ध भएका सदस्यहरुले सामुहिक धान काट्ने कार्य बाट मात्र नगद २० हजार आम्दानी गर्न सफल भएको बताइएको छ ।

  • २२ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech