४ असार २०८२, बुधबार

प्रधानमन्त्री देउवा आइसोलेसनमा
  • न्युज मानसराेवर

काठमाडौँ\ प्रधानमन्त्री शेरबहादुर देउवा शनिवारदेखि आइसोलेसनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा आइसोलेसनमा बसेका हुन् ।

शुक्रवार बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा प्रचण्ड र देउवा सँगै थिए । देउवा दुई दिन आइसोलेसन बसेपछि कोरोना परीक्षण गर्ने बालुवाटार स्रोतले जनाएको छ ।

शनिवार बिहान देउवाले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए ।

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech