२ जेष्ठ २०८२, बिहीबार

मान्छेको जीनवन भन्दा बाघको जीवन महत्व होइन एमाले नेताःढकाल
  • न्युज मानसराेवर

बाँके बैजापुर \नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमण बाट ज्यान गुमाएका परिवार संग भेटघाट गरेका छन ।दिर्घकालिन रुपमा बाघ बाट बच्ने उपायहरु तत्काल अबल्मन गर्न सरोकारवाला संग ढकालले माग गरेका छन।  मृतकहरुप्रति  श्रद्धाञ्जली ब्यक्त गर्न पुगेका एमाले नेताहरुले जिल्ला बन डिभिजन कार्यलयमा राहत उपलब्ध का विषयमा छलफल समेत गरेका थिए ।

छलफलमा नेता ढकालले मान्छेको जीनवन भन्दा बाघको जीवन महत्व होइन भनेका छन।

पिडित परिवारलाई राहत सहित क्षतिपूर्ति उपलब्ध गराउन  ढकालले माग गरेका छन। उनले राष्ट्रिय निकुञ्जले सरकारसँग समन्वय गरि तत्काल दिर्घकालीन् समाधानका लागि पहल आवश्यक रहेको समेत बताएका छन। यसअघि पुस २२ गते बाघको आक्रमणमा परी राप्ती सोनारी-४ पर्सोना गाउँकी ५२ वर्षीया लिला विष्टको मृत्यु भएको थियो।भने बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको ज्यान गुमाएका थिए ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech