२ जेष्ठ २०८२, बिहीबार

११ बुँदे मागसहित भैरहवामा जनमत पार्टीको प्रदर्शन
  • न्युज मानसराेवर

बुटवल\सिके राउत नेतृत्वको जनमत पार्टीले ११ बुँदे माग राख्दै भैरहवामा प्रदर्शन गरेको छ। किसानलाई सहुलियत दिन तथा मल एवं बिजउबिजनको व्यवस्था गर्न माग गर्दै जनमत पार्टीले दैनिक प्रदर्शन गर्दै आइरहेको छ।

उक्त पार्टीले कृषि सामग्रीसहित प्रदर्शन गर्दै उच्च स्तरीय वार्ता टोली गठन गर्न माग गरेको छ। कृषि मन्त्रीको राजीनामा माग  लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेको छ।

किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बिउको व्यवस्था सुनिश्चित गर्नुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, सिँचाइ बिजुली निःशुल्क गर्नुपर्ने, बेमौसमी हावाहुरी र वर्षाले भएको बालीनाली क्षतिबापत राहत दिनुपर्ने लगायतका माग राखेको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले बताए।

आन्दोलनका क्रममा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएको भन्दै किसानको मागसँगै झुठा मुदा खारेज गर्न रुपन्देही अध्यक्ष रामु सिंह लोधले बताए। भैरहवाको बुद्धचोकबाट सुरु भएको प्रदर्शन देवकोटा चोक, बैंक रोड हुँदै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगेर सकिएको थियो।

  • ३० पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech