३२ जेष्ठ २०८२, शनिबार

आजको मौसम : पहाडी भूभागमा वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त प्रणालीका कारण हाल प्रदेश १ तथा मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु लागेको शाखाको भनाइ छ। अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।

आज (मंगलबार) देशभरका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। पहाडी भूभागका केही स्थानमा सामान्य वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापातको सम्भावना  रहेको महाशाखाको भनाइ छ।

आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ। पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले  देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

  • ४ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech