बाँके\ कर्णाली प्रदेशलाई तुलनात्मक रूपमा गरीब प्रदेश मानिन्छ तर त्यहाँका मुख्यमन्त्री जीवनबहादुर शाहीका काठमाडौंदेखि ठाउँठाउँमा घरघडेरी रहेका छन् ।
मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक गरेको सम्पत्ति विवरणमा हुम्ला र काठमाडौं गरी ३ घर, हुम्ला, बाँके र काठमाडौं गरी ५ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरण पेश गरेका छन् ।
मुख्यमन्त्री शाहीसँग ५६ तोला सुन रहेको विवरणमा उल्लेख छ । मुख्यमन्त्री शाही र वसन्ती शाहीका ७ बैंक खाता रहेका छन् ।
शाहीले चिलिमे, ज्योती विकास र कृषि विकास गरी ३ कम्पनीका शेयर समेत खरिद गरेका विवरणमा उल्लेख छ ।