९ मंसिर २०८१, आईतवार

एमबिबिएस अध्ययन लागि छात्रबृत्ति कार्यान्वय आइसक्यो मेयरःरावत

बिनिता र उज्जवलले पाउने भए एमबिबिएस छात्रबृत्ति

  • न्युज मानसराेवर

कोहलपुर\पढाईमा जेहेन्दार तर आर्थिक रुपमा विपन्न भएका कारण डाक्टर बन्न बाट कतै रोकिनु त भएको छैन ? यदि यसो हो भने अब तपाईको स्थानीय सरकार कोहलपुर नगरपालिकाको डाक्टर पढ्नका लागि आर्थिक सहयोग गर्ने छ ।

कोहलपुर नगरपालिकाले आर्थिक वर्षका लागि एमबिबिएस अध्ययन  जेहेन्दार छात्रबृत्ति स्वरुप  ५० प्रतिशत सहयोग गर्ने भएको हो ।आर्थिक वर्षका लागि ल्याइएको छात्रबृत्ति योजना कार्यान्वय आइसकेको कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले बताएका छन।
आर्थिक अभावका कारण जेहेन्दार विद्यार्थीले डाक्टर बन्न नरोकियोस् भन्नाका लागि कोहलपुर नगरपालिकाले छात्रबृत्ति कार्यक्रम ल्याएको हो’। मेयर रावतले भनेका छन ।

उनले यसका लागि कार्यविधि मापदण्ड तयार गरिसकेको बताए । यसरी डाक्टर अध्ययन गर्नाका लागि कोहलपुर नगरपालिकाले ५० प्रतिशत रकम व्यर्होने छ । आर्थिक वर्षका लागि यसरी छात्रबृत्ति पाउनेमा स्थानीय बिनिता लम्साल र उज्जवल गिरी छनोट भएका छन। उनीहरुले कोहलपुर नगरपालिका बाट ५० प्रतिशत रकम पाउने भएका छन।  बिनिता लम्साल र उज्ज्वल गिरी कोहलपुर नगरपालिका  वडा न ११ का हुन।

यसरी नगरले छात्रबृत्ति उपलब्ध गराउँदा एमबिबिएस अध्ययन  पश्चात स्थानीय स्वास्थ्य क्षेत्रमा उहाँहरुको  योगदान हुने विश्वास कोहलपुर नगरपालिकाले लिएको छ।’मेयर (एल्बी) लुट बहादुर रावतले भनेका छन। नगरपालिकाले आर्थिक वर्षका लागि स्टाफ नर्सका लागि समेत छात्रबृत्ति रकम छुट्याएको थियो तर नर्सको छात्रबृत्तिका लागि कोही सम्पर्कमा नआएको बताइएको छ ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech