बाँके । बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाले विद्यालयमा मोडर्ना खोप अभियान सञ्चालन गर्न लागेको छ । बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले दिएको जानकारी अनुसार स्वास्थ्य कार्यालय बाँके बाट प्राप्त पहिलो चरणमा ७ हजार ७ सय डोज मोडर्ना खोप लगाइने छ ।
मोडर्ना खोप सेवा विस्तार गर्नाका लागि बैजनाथ गाउँपालिकाका सामुदायिक विद्यालयमा उक्त अभियान संचालन गरिने छ ।मोडर्ना खोप सेवाका लागि उमेरको हद राखिएको छ १२ वर्ष माथी र १७ उमेर समुहका विद्यार्थीहरुलाई खोप अभियानमा सहभागिता गराइने शाहीले जानकारी गराए । खोप सेवा १९ गते बाट शुरु गरिने छ ।
कहाँ कुन विद्यालयमा खोप अभियान संचालन हुदै छ ?
मोडर्ना खोप सेवा लिनका लागि बैजनाथका सामुदायिक तथा निजी विद्यालय गरी कूल ४९ विद्यालय सहभागि हुने बताइएको छ ।
४९ वटा विद्यालयका विद्यार्थीहरु लाई मोडर्ना खोप सेवा लिनका लागि ८ वटा विद्यालयमा खोप केन्द्र बनाइएको स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले भने । उनका अनुसार सबै भन्दा पहिला बैजनाथ १ स्थित सुर्योदय मावि १९ र २० गते खोप सेवा संचालन गरिने छ ।
यसै गरी दिपज्योति मावि चिसापानी २१ गते जनता आर्दश मावि १९ र २० गते भृकुटी मावि २१ गते , बागेश्वरी मावि १९ गते ,नेरा मावि २० र १ गते ,समावेशी मावि तिलकपुर १९ गते ,विपी मेमोरियल मावि बानियाभार २० गते नेरा मावि नौलापुर २१ गते प्रभात मावि जीगाउँ १९ गते नेरा मावि गुरुवागाउँ २० गते,सिंह भवानी मावि २१ गते, नेरा मावि ओरिलालपुर १९ गते इश्वरी मावि एचगाउँ २० गते , सझना मावि २१ गते , नेरा मावि पेडारी २० गते ,भगवती मावि हसनापुरज्ञ१९र २० यसै गरी नेरा मावि टिटिहिरीया २१ गते खोप अभियान संचालन गरिने बताइएको छ । खोप अभियान विहान १० बजे देखी ३ बजे सम्म संचालन गरिने छ ।