६ बैशाख २०८२, शनिबार

१० औँ मिनेटमा नेपालले लियो अग्रता, सुजलले गरे गोल
  • न्युज मानसराेवर

काठमाडौं । मोरिससविरुद्ध अहिले भइरहेको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालले १० औँ मिनेटमा अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा नेपाललाई सुजल श्रेष्ठले अग्रता दिलाएका हुन् । कर्नर प्रहारबाट आएको बलमा सिक्स यार्ड सर्कलभित्र रहेका सुजलले गोल गरेका थिए ।

सुजलले ६ वर्षपछि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा गोल गरेका हुन् ।

यसअघि सन् २०१६ मा आयोजित सोलिडारिटी कपमा उनले मकाउविरुद्ध अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

फाइनलमा सुजलले मकाउविरुद्ध गरेको एकमात्र गोलमा नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो ।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सुजलको यो तेस्रो गोल हो ।

यसअघि पहिलो खेलमा नेपाली टोली १-० गोलले विजयी भएको थियो ।

  • १८ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech