२९ जेष्ठ २०८२, बुधबार

कोहलपुर र बैजनाथमा९ हजार २ सय १७ ले लिए मोडर्ना खोप सेवा
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा आज बाट १२ वर्ष देखी १७ वर्ष समुहका बालबालिकालाई मोडर्ना खोप अभियान संचालन गरिएको छ । जिल्लाका आठ वटै स्थानीय तहहरुमा आज बाट मोडर्ना खोप अभियान शुरु गरिएको हो ।

खोप अभियान अन्तगत आज बाँकेको कोहलपुर नगरपालिकामा ६ हजार १५ जना बालबालिकाहरुले मोडर्ना खोप सेवा लिएको कोहलपुर कोरना फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन ।  उनका अनुसार ३ हजार १ सय ८६ किसोरीले खोप सेवा लिइएका हुन भने २ हजार ८ सय २९ किसोरहरुले खोप सेवा लिइएको बताइएको छ ।

यसै गरी बाँकेको बैजनाथ गाउँपालिकामा ३ हजार ३ सय २ जनाले मोडर्ना खोप सेवा लिइएको बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले जानकारी गराएका छन।खोप सेवा विस्तारका लागि सामुदायिक विद्यालय र नीजि विद्यालयका बालबालिकाहरुलाई विद्यालयहरुमा नै खोप सेवा केन्द्र राखि सेवा विस्तार गरिएको छ ।

जिल्लामा १२ बर्ष देखी १७ वर्ष समुहलाई मोडर्ना खोप अनिर्वाय गरिएको छ ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech