बैजनाथ\ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु विद्यार्थी संगठन र राष्ट्रिय युवा संघ नेपाल बाँकेले बिहिबार बैजनाथमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । युवा संघ बाँकेका इन्चार्ज खेमराज शर्माले स्थानिय तहको निवार्चनको मिति घोषणा नहुँदासम्म संघर्षका कार्यक्रमहरू सञ्चालन गरिने जानकारी गराएका छन।
प्रधानमन्त्रीको पुत्ला दहन कार्यक्रममा स्थानीय युवाहरुको बाक्लो सहभागिता जनाएका थिए ।