१ असार २०८२, आईतवार

बाँकेमा लागूऔषधसहित चार पक्राउ
  • न्युज मानसराेवर

बाँके\ लागूऔषध नियन्त्रण अभियान चलाएको बाँके प्रहरीले बिहीबार ठूलो मात्रामा लागूऔषध र पैसासहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी तथा प्रवक्ता मधुसूदन न्यौपानेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–७, गगनगन्जको दुई ठाउँबाट ३६ ग्राम ब्राउनसुगर, तराजु, एक लाख ६२ हजार तीन सय रुपैयाँसहित चार जनालाई नियन्त्रणमा लिइएको हो ।

लागूऔषध नियन्त्रण ब्युरो र वडा प्रहरी कार्यालय, नेपालगन्जको टोलीले आदित्य श्रेष्ठको घरमा खानतलासी गर्दा ३० ग्राम ब्राउनसुगर, तराजु र नगद १० हजार बरामद गरेको छ । सोही घरको कोठामा आदित्य सँगै रहेका अंकित श्रेष्ठ र सुर्खेतका गणेश भण्डारीलाई जाँच जर्दा एक लाख ३४ हजार बरामद भएको थियो ।

आदित्य श्रेष्ठको घरमा ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको जनाइएको छ । बाँके प्रहरीले बिहीबार नै गगनगन्जस्थित शुभम मानन्धरको घरबाट ९ वटा पुरिया बनाइराखेको ६ ग्राम ब्राउनसुगर, तराजु, नगद १८ हजार तीन सय र प्लास्टिकको रोल बरामद गरेको छ ।

  • २० माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech