बुटवल \ रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकामा तिन दिने लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।समृद्ध प्रदेश खुसी जनता भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आर्थिक सहयोगमा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा मायादेवी गाउँपालिकामा उक्त लैगिंक समनतातथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा स्थानीय तहको कार्य सम्पादन सुधार गर्नाका लागि कार्ययोजना समेत बनाइएको छ ।
समापन कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिमा उपाध्यक्ष तथा (लै.स.सा.स) कार्यदल संयोजक सितादेवी यादवले स्थानीय तहमा नीतिगत सुधारका लागि आफुहरु प्रतिवद्ध रहेको बताइन ।
उनले कार्यक्रम बाट प्राप्त सुझाव र आफ्नो स्थानीय तहको आफै मुल्याकन गर्न पाउँदा खुसी लागेको बताएकी थिइन ।