१३ मंसिर २०८१, बिहीबार

घरिघरि भोक लाग्छ ? तौल नबढाउने हो भने खानुस् यी स्न्याक !
  • न्युज मानसराेवर

बाँके\ तौल घटाउनका लागि मानिसहरू कडा व्यायाम र डाइटिङ गरिरहेका हुन्छन् । तर कतिपयलाई भोक सहन गाह्रो पर्छ अनि उनीहरू जंक फूड खान्छन् । यहाँ हामी केही त्यस्ता खानेकुराको चर्चा गर्दैछौं जसले भोक पनि शान्त पार्छन् अनि तौल बढ्न पनि दिँदैनन् ।

मखना

तपाईं डाइटिङ गरिरहनुभएको छ भने भुटेको मखना खान सक्नुहुन्छ । यसमा क्यालोरी कम र सोडियम धेरै हुन्छ । अनि यसमा ग्लाइसेमिकको मात्रा कम र कार्बोहाइड्रेट बढी हुन्छ । साँझपख भुटेको मखना खाएर अरू केही नखाँदा तौल नियन्त्रणमा रहन्छ ।

चना

साँझ भोक लाग्यो भने भुटेको चना खान सक्नुहुन्छ । यसमा प्रोटीन र फाइबर अधिक हुन्छ । यसले इम्युनिटी र पाचन प्रक्रिया बलियो बनाउँछ । खाँदा लामो समयसम्म पेट भरिभराउ हुन्छ ।

मटर

भुटेको मटर खाँदा पनि पेट डम्म हुन्छ । मटर धोएर सुकाउनुस् अनि ३७५ डिग्री टेम्परेचरमा ४५ मिनेट बेक गर्नुस् । अनि साँझ चिया वा कफीसँग खानुस् । स्वाद पनि हुन्छ, तौल पनि नियन्त्रणमा रहन्छ ।

बदाम

भुटेको बदाम पनि तौल नियन्त्रणमा राख्न र स्वस्थ रहनका लागि प्रभावकारी खानेकुरा हो । यसमा फाइबर, भिटामिन ए, क्याल्सियम, आइरन र एन्टी अक्सिडेन्ट गुण हुन्छन् । यसको सेवनले घरिघरि भोक लाग्दैन । अनि यसले मुटु र कोलेस्ट्रोलको समस्याबाट पनि बचाउँछ ।

एजेन्सी

  • २३ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech