१ असार २०८२, आईतवार

विप्लव माओवादीद्वारा कोहलपुरमा चक्काजाम
  • न्युज मानसराेवर

बाँके\विप्लव माओवादी नेतृत्वको अखिल क्रान्तिकारीले आइतवार बाँकेको कोहलपुरमा एक घण्टा चक्काजाम गरेर पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ ।

पूर्वपश्चिम राजमार्गसँगै कोहलपुर चौराह, चपरगौरी, र कौशीलानगरमा विहान १० देखि ११ बजेसम्म चक्काजाम गरेर मूल्यबृद्धिको विरोध गरिएको अखिल क्रान्तिकारीका नेता डिबी शाहीले जानकारी गराएका छन।

सरकारले पछिल्लो पटक अस्वभाविकरुपमा मूल्य वृद्धि गरेर पेट्रोल, डिजेल र मट्टीतेलमा नयाँ रेर्कड कायम गरेको छ । पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ ।

  • २३ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech