२१ बैशाख २०८२, आईतवार

सम्मरीमाई गाउँपालिकामा (लै.स.सा.स)परिक्षण शुरु
  • न्युज मानसराेवर

बुटवल\ सम्मरीमाई गाउँपालिकामा लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम संचालन गरिएको छ ।

लुम्बिनी प्रदेश प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्ज बाँकेको आर्थिक सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा ३ दिने लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण शुरु गरिएको हो ।

परिक्षण कार्यक्रममा बोल्दै सम्मरीमाई गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्सी प्रसाद माझीले स्थानीय निकायको कार्य सम्पादनमा लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रमले आफ्नो स्थानीय तहको मापन गर्न सहयोग पुग्ने धारणा राखेका छन।उनले तालिममा सहभागि गाउँपालिका शाखाका प्रमुखहरुलाई अब आफुले कार्य सम्पादन गरेका र गर्ने योजनाहरु बारे कार्यक्रममा सहजीकरण गर्नका लागि आग्रह समेत गरेका छन।कार्यक्रमको स्वागत मतव्य राख्दै सामाजिक विकास शाखा प्रमुख स्याम कला गैरेले तालिमले आगामी दिनमा योजना निमार्णमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन।

कार्यक्रममा सहजीकरण विज्ञ सावित्रा नेपाल र आषिक रणपालले गरेका छन।

सम्मरीमाइ गाउँपालिका उपाध्यक्ष कुमारी प्रियंका शाहि सिंहको अध्यक्षतामा परिक्षण कार्यक्रम संचालन गरिएको छ ।

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech