खजुरा \ बाँकेको खजुरा गाउँपालिकाले ४ जना युवा उद्यमीहरुलाई आर्थिक सहयोग गरेको छ ।
खजुरा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा संचालित कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना अन्तर्गत खजुरा गाउँपालिकाका ४ जना युवालाई युवा उद्यमी कार्यक्रम अन्तर्गत प्रति व्यक्ति चालिस हजार आर्थिक सहयोग गरिएको हो ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति द्धारा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।यस अघि समेत खजूरा गाउँपालिकाले चालिस जना युवा उद्यमीहरुलाई प्रति व्यक्ति चालिस हजार उपलब्ध गराइसहेको छ ।
परियोजनाको सहजीकरण इन्रुडेक बाँकेले गरेको छ । परियोजनाले साना किसानहरुको जीवन स्तरमा सुधार गर्नका लागि खोर निमार्ण सुधार , बाख्रा उपहार ,विमा कार्यक्रम पशुको उचित व्यवस्थापन लगाएत कार्यक्रममा संचालन गर्दै आइरहेको छ ।
कार्यक्रममा इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकाया लगाएतले रकम हस्तान्तरण कार्यक्रममा सहभागिता जनाएका थिए ।