७ बैशाख २०८२, आईतवार

बहिरा नागरिकलाई सञ्चार सहजिकरणका लागि तीन महिने तालिम सुरु
  • न्युज मानसराेवर

बाँके\ बहिरा नागरिकको लागि सञ्चार सहजिकरण गर्नको लागि शुक्रबारदेखि बाँकेको नेपालगञ्जमा ३ महिने नेपाली सांकेतिक भाषा दोभाषे तालिम सुरु भएको छ ।

सांकेतिक भाषामा संचार बहिरा नागरिकहरुको अधिकार भन्ने नाराका साथ सुरु भएको सो तालिमको नेपालगञ्ज उपमहानगरका उप प्रमुख उमा थापामगरले एक कार्यक्रमका बीच उद्घाटन गरेकी हुन ।

उनले कार्यालयमा सेवा लिन आउने बहिरा सेवाग्राहीलाई भाषा नबुझ्दाको अवस्थामा सेवा प्रवाह गर्न अत्यन्तै कठिनाई महशुस हुने गरेको अवस्थामा यस्तो तालिमले सेवा प्रवाहलाई सहजता पुराउने विश्वास व्यक्त गरीन ।

कोरियन बहिरा संघको आर्थिक सहयोमा सञ्चालन हुन लागेको सो तलिममा १५ जिल्लाका १६ जना सहभागि रहेको कार्यक्रमका आयोजक संस्था राष्ट्रिय बहिरा संघका महासचिव सन्तोष केसीले जानकारी दिए ।

 

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech