७ बैशाख २०८२, आईतवार

‘एनपीयु पत्रकार कल्याण कोष’ लाई नेता गौडेलले गरे २५ हजार सहयोग
  • न्युज मानसराेवर

बाँके\ ‘एनपीयु पत्रकार कल्याण कोष’ लाई नेपाली कांग्रेसका नेता नारायणप्रसाद गौडेलले २५ हजार सहयोग गरेका छन् । नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको उक्त कोषलाई प्रभावकारी बनाउन नेता गौडेलले सहयोग गरेका हुन् ।

कोषका उप(समिति संयोजक कमल खत्रीलाई नेता गौडेलले शुक्रबार २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको युनियन बाँकेका सचिव विजय मल्लले जानकारी दिए । कुनैपनि घटना, दुर्घटनामा घाइते भएर वा जटिल खालका रोगको औषधी उपचारमा पत्रकारलाई आर्थिक सहायता प्रदान गर्न तथा पत्रकारका अन्य कल्याणकारी कार्यका लागि युनियन बाँकेले कोष स्थापना गरेको हो ।

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech