५ जेष्ठ २०८२, आईतवार

आजको मौसम सफा
  • न्युज मानसराेवर

बाँके \हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज देशभरका धेरै ठाउँको मौसम सफा रहेको छ।

केही ठाउँमा आंशिक बद्लीको सम्भावना रहेको र अहिले तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको छ।

प्रदेश एक र वागमती प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अरु ठाउँमा भने मौसम सामान्यता सफा नै रहेको तथा आज दिउँसो र राति पनि मौसम सफा रहने महाशाखाले जनाएको छ।

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech