एजेन्सी\ विश्वमा विभिन्न प्रजातिका चराहरू छन्, त्यसमा पनि धेरै प्रजातिहरू अत्यन्त दुर्लभ छन् । यीमध्ये धेरै चराहरू यस्ता छन् जो आफ्नो विशेषताका लागि विश्वभर चर्चित छन् । पृथ्वीमा रहेका हरेक प्राणीलाई बाँच्नका लागि पानी धेरै महत्त्वपूर्ण छ । केही जनावरहरू थोरै मात्रामा मात्र पानी पिएर बाँच्छन्, तर हामी सबैलाई पानी चाहिन्छ ।
यो धर्तीमा एउटा यस्तो चरा पनि छ, जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । यो विशेष चरा तिर्खाउँछ, तर खोला वा पोखरीको पानी भने पिउँदैन। यससँगै जुनसुकै भाँडोमा पानी पिउन दिए पनि पिउँदैन ।
यो चराले कुन पानी पिउँछ भन्ने सोच्दै हुनुहुन्छ होला, किनकि पानी नपिएर कोही पनि बाँच्न सक्दैन । आउनुहोस् यो विशेष चराको नाम के हो र यसले कस्तो पानी पिउने गर्छ थाहा पाउनुहोस्।वास्तवमा हामीले जुन चराको कुरा गरिरहेका छौं, त्यो चराले ताल, पोखरी वा खोलाको पानी पिउँदैन । यो चराले वर्षाको पानी मात्र पिउने गर्छ । यो विशेष चराको नाम जुरे कोइली (जेकोबिन कुक्कु ) हो ।
भनिन्छ, जुरे कोइलीलाई तिर्खा लागेर पानीले भरिएको तालमा फाल्दा त्यसले पानीमा चुचुरो खोल्दैन । यो चरा एसिया र अफ्रिका महादेशमा मात्र पाइन्छ । भनिन्छ, यो चराले धेरैजसो समय आकाशमा आफ्नो नजर राख्छ र स्वाति नक्षत्रमा पर्ने वर्षाको पानी मात्र पिउँछ ।