बाँके\कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष सुस्ताएको पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था चालू आर्थिक वर्षमा भने उल्लेख्य वृद्धि भएको छ ।नेपाल आयल निगमका अनुसार चालू आर्थिक वर्षको छ महिनामा कोरोनाको प्रभाव कम देखिएकाले आयात वृद्धि भएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार वीरगञ्ज नाकाबाट मात्रै छ महिनामा पेट्रोल २५ प्रतिशत, डिजेल २२ प्रतिशत, खाना पकाउने ग्यास १५ प्रतिशतले बढी आयात भएको छ । मट्टीतेल भने ४० प्रतिशत कम आयात छ । गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले खबर लेखेका छन् ।