बुटवल\ नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले वर्तमान गठबन्धन सरकार संवैधानिक अराजकता र राजनीतिक अस्थिरता पैदा गर्न लागेको आरोप लगाएका छन। त्यसैको उपजस्वरुप प्रधानान्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव आएको उनले बताए ।
आज बुटवलमा नेकपा एमाले इस्मा–रुपन्देही सम्पर्क कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता विष्टले राणाविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव निर्वाचन सार्ने षड्यन्त्र भएको बताए ।
हप्ता दिन अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा महाभियोगबारे केही नबोलेको बताउँदै नेता विष्टले महाभियोगको प्रक्रिया लम्बाएर निर्वाचन सार्ने गठबन्धन सरकारको कदम रहेको उनको दाबी छ ।