२७ जेष्ठ २०८२, सोमबार

भेरी अस्पताल विकास समिति सदस्यमा चन्द मनोनित
  • न्युज मानसराेवर

बाँके\ सरकारले भेरी अस्पताल विकास समितिको सदस्यमा विमलकुमार चन्दलाई मनोयन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चन्दलाई हालै अस्पताल विकास समिति सदस्यको जिम्मेवारी दिएको हो ।

कोटमौला-५ सल्यान निवासी उनी नेपाल तरुण दल बाँकेका सह-सचिव पनि हुन् । नेपाल सरकार मन्त्री स्तरको यही फागुन ३ गतेको निर्णय अनुसार भेरी अस्पताल विकास समिति (गठन) आदेश २०७६ को दफा ३ को उपदफा (२) को खण्ड ‘घ’ बमोजिम अस्पताल विकास समितिको सदस्य पदमा तीन वर्ष पदावधि कायम हुने गरी मनोनयन गरिएको छ ।

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech