रुपन्देही\रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकामा तिन दिने लैगिंक समानता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम शुरु गरिएको छ ।लुम्बिनी प्रदेश प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्को आर्थिक सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा उक्त परिक्षण शुरु गरिएको हो । उद्घाटन कार्यक्रमम आफ्नो धारणा राख्दै कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री स्थानीय तहको स्मुल्यांकन गर्न पाउँदा हामी सबै हर्षित रहको बताए ।
उनले लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठान लाई धन्यावाद दिदै सबै शाखा लाई कार्य सम्पादन बारे सहजीकरण गर्नका लागि अनुरोध गरे । क्षेत्रीले संघियताको मर्म अनुरुप पहिलो स्थानीय निकाय भएका कारण कही कतै कमि कम्जोरी हुन स्भाविक रहेको बताउदै परिक्षण बाट आएका अंकहरुमा क्रमिक रुपमा सुधार गर्दै जाने छौँ उनले भने।
कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष तथा कार्यदल संयोजक गोमा तरामु मगरले गरेकी छिन। कार्यक्रममा कंञ्चन गाउँपालिका निमित्त गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कार्यपालिका सदस्य वडा अध्यक्ष विषयगत शाखा प्रमुख लगाएत कर्मचारीहरुको सहभागिता रहेको छ ।