बाँके\ सिता परियार दलित महिलाबाट पहिलो प्रमुख जिल्ला अधिकारी बनेकी छन् । नेपाल सरकारको राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिव सरहकी परियारले हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएसँगै दलित महिलाबाट पहिलो प्रमुख जिल्ला अधिकारी बन्ने अवसर प्राप्त गरेकी हुन् ।बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गर्दै परियारलाई हुम्लाको प्रमुख जिल्लाको जिम्मेवारी दिएका छन् । परियार यसअघि भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिईन ।
दलित महिलाबाट सहायक प्रमुख जिल्ला अधिकारी बन्ने अवसर पनि उनैले पाएकी थिईन ।करिव ६ महिना गत भदौ महिनादेखि उनले भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालदै आएकी थिईन । परियारसँग उपसचिव भइसकेपछि तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको अनुभव छ ।परियार शाखा अधिकृतबाट उपसचिव बढुवा भएको ८ वर्ष पुगेको छ । रुपा गाउँपालिका १ कास्की स्थायी घर भएकी परियार शाखा अधिकृतबाट निजामती सेवामा छिरेको १० वर्ष पुरा भएको छ ।