७ बैशाख २०८२, आईतवार

खाने तेलमा उच्च मूल्य वृद्धि
  • न्युज मानसराेवर

बाँके\ पछिल्लो एक महिनाको बीचमा खाने तेलको मूल्य प्रतिलिटरमा ४० रुपियाँसम्म बढेको पाइएको छ ।​ नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनाको अवधिमा खाने तेलको मूल्य लिटरमा ४० रुपियाँसम्म बढेको छ ।

भटमास, सनफ्लावर तथा भुटेको तोरीको तेलको तुलनामा काँचो तोरीको तेलको मूल्य धेरै बढेको सङ्घले जनाएको छ ।

सङ्घका अनुसार यसअघि प्रतिलिटर ३३० देखि ३४० रुपियाँसम्म पाइने काँचो तोरीको तेल अहिले लिटरमा ४० रुपियाँ बढेर ३७० रुपियाँ पुगेको छ ।यसैगरी भटमासको तेलको मूल्य प्रतिलिटर २४० रुपियाँ, सूर्यमुखी तेलको २६० र तोरीको तेल (भुटेको)को ३४५ रुपियाँ पुगेको छ ।  गोरखापत्र दैनिकमा सीता शर्माले खबर लेखेकी छन् ।

  • ६ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech