बाँके\ बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाललले प्रजातन्त्र दिवसको शुभकामना ब्यक्त गरेका छन।
उनले समृद्ध बैजनाथ सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न स्थानीय सरकार दतचित्त रही कार्य सम्पादन गरिरहेको बताएका छन।
रुचालले २००७ साल फागुन ७ गते अर्थात आजको दिन नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ बिन्दुका रुपमा स्थापित भएको स्मरण गरे ।
उनले प्रजातन्त्र प्राप्तिको लामो र वलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्ने अमर शहीदहरु शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा लगायत सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन। उनले प्रजातन्त्र दिवसको अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् । नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्न सबै समाजका अगुवाहरुको अहम भूमिका हुने समेत बताएका छन।