बाँके\ बाँकेमा बाघको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ।घास-दाउराका लागि जंगल गएका राप्ती सोनारी गाउँपालिका वडा न ६ का ६० वर्षीय धनबहादुर चलाउनेको शनिबार बिहान बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ।
चलाउने सोही वडाको राप्तीपीडित सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका थिए। उनलाई बिहान ८ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बाँकेमा असोजयता मात्रै बाघको आक्रमणबाट पाँच जनाले ज्यान गुमाइसकेका छन्।