फागुन ७ देशकै एक गर्वित दिन। यस दिन देशले प्रजातन्त्र पाएको थियो। १०४ वर्ष लामो पारिवारिक राणाशासनबाट मुक्ति पाएको दिन थियो। नाम मात्रको राजा रहने तथा सम्पूर्ण राजनैतिक, सामाजिक तथा आर्थिक अधिकार राणाहरुका आफ्नै परिवारभित्र निहित हुने हुँदा राणाकाललाई जहाँनिया शासनको रुपमा लिने गरिन्छ। हामीले इतिहासमा पढेका विवरणअनुसार राजा त्रिभुवन नै राणाशासन विरुद्ध मोर्चाबन्दीमा लागेर राजतन्त्रकै बाजी थापेर प्रजातन्त्र ल्याएका थिए। त्यसैले हामीले राजा त्रिभुवनलाई राष्ट्रपिता तथा फागुन ७ को त्यो अविस्मरणीय दिनलाई प्रजातन्त्र दिवसको रुपमा मनाउन थालेका हौँ।
के साच्चै राजा त्रिभुवन त्यति गर्व गर्न लायक थिए र उनकै नेतृत्वले गर्दा राणाशासनको अन्त्य भएको थियोरु राणाशासन विरुद्धको मोर्चाबन्दी गर्न के भारतीय राजदूतावासमा नै शरण लिनु आवश्यक थियोरु के देशमै बसेर राणाविरुद्ध लाग्न सकिदैनथ्यो तरु भारतीय राजदूतावासभित्र लुक्न जानु वा भारतसँग शरण माग्नु कायरता होइन ररु कुनै बेला राजा सुरेन्द्रले पञ्जाछाप लगाएर सरकार चलाउने अधिकार दिएपछि त्यो पञ्जाछाप रद्द भएको तथा राणाहरुभित्र जहाँनिया अधिकार बञ्चित भएको घोषणा देशभित्र नै बसेर राजाले गर्न सक्दैनथे?
यी यावत प्रश्नहरुको उत्तर खोज्न मैले गहिराइसँग त्यसबेलाका घटनाक्रमलाई नियाल्ने र अध्ययन गर्ने प्रयास गरेँ। यसको लागि सबैभन्दा पहिले यहाँका तत्कालीन नेता वा अगुवाहरुभन्दा पनि भारतीय कुटनैतिक भूमिकाहरुलाई बुझ्न खोजेँ। जसको लागि त्यसबेला भारतको सरकार प्रमुखले लेखेका सम्पूर्ण पत्रहरु खोतल्न खोजेँ। नेहरुले तत्कालीन समयमा को कसलाई नेपाल सम्बन्धमा पत्र लेखेका थिए र के के लेखेका थिए भन्ने अध्ययन गर्न थालेँ।
भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु आफ्नो जीवनकालमा सबैभन्दा बढी पत्र लेख्ने व्यक्ति पनि हुन्। जब उनले लेखेका पत्रहरु सबै प्रकाशन गर्ने जमर्को गरियो त्यो एक वा दुई पुस्तकमा अट्न सकेन। ७०० पेजका १०३ वटा ठेली भए। स्वतन्त्रताअगाडिका १५ पुस्तक र स्वतन्त्रतापछिका ८८ पुस्तकहरु छन्। जसमा नेपालको प्रजातन्त्रको लहरको शुरुवात २००६ चैत्रदेखि प्रजातन्त्र आइसकेपछि २००८ कार्तिकसम्म लेखिएका पत्रहरुलाई मात्र प्राथमिकतामा राखेर अध्ययन गरेको छु। समुच्च पत्रहरुको ठेलीमा भने नेपाल सम्बन्धी धेरै पत्रहरु भेटिएका छन्।
२००६ असार २८ गते नेहरुले विहारका मुख्यमन्त्री श्रीकृष्ण सिन्हालाई लेखेको पत्रमा नेपाल सरकार बिरुद्ध आन्दोलनरत नेपाली राजनैतिक कार्यकर्ताहरुलाई विहार आउन तथा अन्य कार्य गर्न दिन भनेको छ। तर, हिंसात्मक आन्दोलनको विरोध गरेका छन्। साथै विहार प्रवेश गरेका कुनै पनि नेपालीलाई समाउन नेपाल सरकारका अफिसरलाई विहार प्रवेश गर्न नदिन भनिएको छ। यसले स्पष्ट हुन्छ नेहरु नेपालको राणाशासनको समर्थनमा लागेका छैनन्।
तर, २००६ भदौ ३ गते नेपालका राणा प्रधानमन्त्री मोहनशमशेरलाई लेखेको पत्रमा नेपाल स्वाधीन राज्य भएकोमा सदैव सुखी रहेको तथा राजनैतिक रुपले खासै समस्या नभएको, तर नेपालमा राजनैतिक कैदीहरुमाथि भने अन्तराष्ट्रिय कानुनअनुसार व्यवहार नभएको हुँदा यसमा सुधार गर्न अनुरोध गरेका छन्। साथै मोहनशमशेरले गर्न चाहेको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध अझ बलियो हुने विश्वास ब्यक्त गरेका छन्। यस पत्र पठाएकै दिन अर्को पत्र भारतीय राजदूत सीपीएन सिन्हालाई पनि लेखेका छन्, जसमा महाराजालाई पठाइएको पत्र तुरुन्त बुझाउन भनिएको छ। ‘साथमा महाराजालाई पठाइएको पत्रको कपी पनि राखेको छु, त्यो पनि पढ्नु,’ भनेका छन्। महाराजालाई राजनैतिक सुधार तथा राजनैतिक कैदीहरु छोड्न तथा जेलको सुविधा केही सुधार गर्न लगाउन पनि सल्लाह दिन भनेका छन्।
२००६ भदौ २५ गते आफ्ना राजदूतलाई लेखेको पत्रमा नेपालको महाराजाको व्यवहारको कटू आलोचना गरेका छन्। आफूले दिएका सुझावहरु अस्वीकार गरेकोमा रिस पोखेका छन्। तर, महाराजालाई लेखेको असोज १९ को पत्रमा आशावादी रहेको जनाएका छन्। महाराजाले नेपाल राजनीतिज्ञ डिल्लीरमण रेग्मीसँग भारतीय सहायक विदेशमन्त्री डा। बीभी केस्करले भेटेको तथा नेहरुले बीपी कोइरालासँग भेटेको विषयमा दुःख ब्यक्त गरेकोमा भारत प्रजातान्त्रिक मुलुक भएको हुँदा कसैले पनि भेट्न खोज्दा भेट नगर्ने भन्ने नीति लिन नसक्ने जनाएका छन्। तर, यसबाट दुइ देश विचको सम्बन्धमा कुनै अप्ठ्यारो परिस्थितीको सिर्जना नहुने भनेका छन्।
यसैगरी २००६ चैत्र ४ गते संसद सामु बोल्दै नेहरुले भनेका छन्९ भर्खरै नेपालका प्रधानमन्त्रीको भारत भ्रमण समाप्त भयो। सौहाद्रपूर्ण यस भेटघाटले हामी दुवै राष्ट्रको उद्देश्य एउटै रहेको देखिन्छ। नेपालमा केही सुधारको मात्र अनुरोध गरेका हौँ। यसका लागि हामी कुनै पनि किसिमको दबाब वा आक्रमण गर्ने हाम्रो मनसाय छैन। म यो सदन तथा अन्यलाई जानकारी गराउन चाहन्छु कि यस किसिमको मामलामा हाम्रो नीति कस्तो हुनुपर्छ।नेपाललाइभ