५ जेष्ठ २०८२, आईतवार

बाँकेमा १५ वर्षपछि त्रिभुवनको सालिक पुनर्स्थापना
  • न्युज मानसराेवर

बाँके\बाँकेको नेपालगन्ज स्थित  त्रिभुवनचोकमा तत्कालीन राजा त्रिभुवनको सालिक पुनर्स्थापना गरिएको छ। नेपालगन्जको त्रिभुवन चोकमा १५ वर्षपछि त्रिभुवनको सालिक ठड्याइएको हो ।सिमेन्टबाट बनाइएको पहेंलो रंगको वस्त्र लगाइएको सालिकमा त्रिभुवनले दण्ड समातेका देखिन्छन् । २०६२र६३ सालको जनआन्दोलनमा ढलाइएको उक्त सालिक त्यसको १५ वर्षपछि श्रीपेचसहित ठड्याइएको हो ।सिमेन्टको जडानसहित उक्त सालिक तयार पारिएको बताइएको छ । फागुन ७ गते शनिबार प्रजातन्त्र दिवसको अवसरमा राप्रपा निकट नेता तथा कार्यकर्ताले राजा त्रिभुवनको अर्धकदको सालिक राखेका हुन् ।

  • ७ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech