७ बैशाख २०८२, आईतवार

शुद्धोधन गाउँपालिकामा लैगिंक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्पन्न
  • न्युज मानसराेवर

भैरहवा \ शुद्धोधन गाउँपालिकामा तिन दिने लैगिंक समानता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

लुम्बिनी प्रदेश प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्को आर्थिक सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा तीन दिने परिक्षण संचालन गरिएको थियो ।समापन कार्यक्रममा आफ्नो  धारणा राख्दै शुद्धोधन गाउँपालिकामा  प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्राइले स्थानीय तहको सवलिकरण कालागि परिक्षण विधि महत्वपूर्ण रहेको बताए ।

उनले स्वमुल्यांकन बाट देखिएका कम्जोर पक्षहरुमा क्रमिक रुपमा सुधारका योजना मार्फत कायान्वय गर्ने कार्यक्रममा जानकारी गराए । यसै गरी कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा कार्यदल संयोजक शान्तादेवी ज्ञवालीले सिकाइका रुपमा स्थानीय तहको कार्यकाल समापन हुन गइरहेको बताउदै स्थानीय सरकार संचालन ऐनले निर्देशित गरेका कानूनहरु पूर्ण रुपमा पालन गर्दै जाने बताइन।

उनले लैगिंक समानता तथा सामाजिक समावेशीकरण हेल्प डेक्स राख्ने र आएका सुझावहरु माथी गम्भिर भएर कार्यविधि बजेट तथा नीति बनाउ पहल गर्ने आफ्नो धारणा राखेकी थिइन।  कार्यक्रममा कार्यपालिका सदस्य विषयगत शाखाका प्रमुख वडा अध्यक्ष वडा सचिव लगाएतको सहभागिता रहेको थियो ।

  • ८ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech