बाँके\ सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।अब निर्वाचन आयोगलाई निर्वाचनको गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले मंगलवार कारण देखाउ आदेश जारी गरेपछि आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न बाटो खुलेको हो ।
महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले आफूहरुको कार्यकाल ६ महिना बाँकी रहेकाले त्यस अगावै हुने निर्वाचन असंवैधानिक भएकाले निर्वाचन गर्ने निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।