बाँके\बलात्कारको उद्योगमा नेपालगन्जस्थित एन्जल्स हाई स्कुलका शिक्षक सञ्जय जयसवाल पक्राउ परेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलस्थित एन्जल्स हाई स्कुलका गणित विषयका शिक्षक जयसवालले सोही विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार प्रयार गरेको आरोपमा पक्राउ परेका हुन् । १५ वर्षीया छात्रामाथि बलात्कारको प्रयास गरेको उजुरी परेपछि पक्राउ गरिएको बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी गराएका छन।