भैरहवा \ रुपन्देही जिल्लाको सियारी गाउँपालिकामा तिन दिने लैगिंक समानता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । लुम्बिनी प्रदेश प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्को आर्थिक सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा तीन दिने परिक्षण संचालन गरिएको थियो ।
कार्यक्रममा सियारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिन बहादुर भट्राइले स्थानीय तह संचालन गर्नाका लागि थप आवश्यक सुचकहरुको ज्ञानको अभावका कारण धेरै स्थानीय तहको कार्य सम्पादन मापन शत प्रतिशत नहुने स्कार गरे । उनले यो कार्यविधि र आवश्यक सुचक बारे कार्यापालिका सबै र कर्मचारीहरुले अध्ययन गर्न आवयश्क रहेको समेत बताए ।
यसै गरी कार्यक्रममा सियारी गाउँपालिका अध्यक्ष अयोध्य प्रसाद थारुले स्थानीय सरकारले कार्यान्वयन पश्चात सेवाको विस्तार र नागरिकका गुनासा सम्बोधनमा उल्लेखनीय प्रगति भएको दावि गरे । थारुले सबै क्षेत्रमा स्थानीय तहको बजेट विनियोजन गरेतापनि अझै पनि केही कतै बजेट अभाव र उचित क्षमता विकासको अभावका कारण छुुट्न सक्ने बताए ।
उनले स्थानीय सरकारले बनाएका कानून संघिय तथा प्रदेश सरकार संघ बाजिने हुँदा पहिला संधिय ऐन र प्रदेश ऐन बन्न आवश्यक रहेको जिकिर गरे । हामीले शिक्षामा आमुल परिवर्तन गर्न लागि परेका छौँ तर संघिय ,प्रदेश शिक्षा ऐन नबनेका कारण स्थानीय शिक्षा ऐनलाई मूलरुप दिन नससिएको बताए । उनले स्थानीय तहको स्यम आफै मुल्याकन गर्न पाउँदा हर्षित बनाएको बताए ।
उनले विश्वमा कोभिड रोगका कारण विकास निमार्ण तथा क्षमता विकास , जवाफदेहीता सार्वजनिक सुनवाई जस्ता कार्यक्रमहरु प्रभावित रहेको समेत बताए । कार्यक्रममा सियारी गाउँपालिका वडा अध्यक्ष कार्यपालिका सदस्यहरु विषयगत शाखा प्रमुख पत्रकार लगाएत ३५ जनाको सहभागिता रहेको थियो ।