काठमाडौं\ गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्।
गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्।
संसद् बैठकमा प्रस्तुत भएको एमसीसी पारित गर्ने विषयमा छलफल गर्न खाण बालकोट पुगेका हुन्। भेटमा सत्ता गठबन्धनबारे पनि छलफल हुने बताइएको छ।
त्यस्तै, एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै एमसीसीविरोधी प्रदर्शनकारीले ढुंगा हानेको विषयमा पनि कुराकानी हुने बताइएको छ। ओलीले आफूलाई लक्षित गर्दै ढुंगा प्रहार भएपछि गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका थिए।
उता, प्रधानमन्त्री शेरबहादुर देउवा भने माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन्। यसअघि हिजो देउवाले ओलीसँग एमसीसीबारे बालुवाटारमा छलफल गरेका थिए।