७ बैशाख २०८२, आईतवार

बैजनाथ गाउँपालिकामा गल्छी गाउँपालिकाको अवलोकन भ्रमण
  • न्युज मानसराेवर

बाँके\ बाँकेको बैजनाथ गाउँपालिकामा धादिङ जिल्ला गल्छी गाउँपालिका प्रतिनिधिहरुले अवलोकन भ्रमण गरेका छन।  उनीहरुले बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको साना किसान उद्यमी सुढृढिकरण परियोजना अन्तर्गत गठन भएको सहकारी , समुह र वडाका प्रतिनिधिहरुसँग अन्तरक्रिया समेत गरेका छन।

कार्यक्रममा गल्छी गाउँपालिका उपाध्यक्ष राधा तिमिलसिनाले स्थानीय तहको विकास गर्नाका लागि जनप्रतिनिधिहरुको महत्वपूर्ण कार्यकालका रुपमा हेरिने बताइन। उनले महिला शशक्तिकरणका क्षेत्रमा स्थानीय सरकारले महत्वपूर्ण कार्यक्रमहरु संचालन गरेको बताइन । उनले हेफर मोडेल कार्यक्रमले स्वरोजगार मानव सभ्यताको विकास र सामाजीक पुँजीको विस्तार गरेको बताइन ।

त्यसै गरी  गल्छी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्यायले परियोजना बाट प्राप्त उपलब्धीहरु लाई आगामी वर्षहरुमा संस्थागत गर्नाका लागि विशेष योजना बनाउनु पर्ने सुझाव दिएका छन । उनले गल्छी गाउँपालिका र बैजनाथ गाउँपालिका बाट संचालन गरिएको परियोजना र उदेश्य एउटै भएका कारण पनि अब परियोजना बाट प्राप्त उपलब्धीहरु संस्थागत रुपमा नीति बनाउनु पर्ने बताए ।

उनले विकास निमार्ण गर्नाका लागि भौतिक पूर्वाधार विकास मात्र उचित नहुने बताउदै उपाध्यायले मानव सभ्याताको विकास हुन आवश्यक रहेको अन्तरसंवाद कार्यक्रममा औल्याए । कार्यक्रममा बैजनाथ गाँपालिका वडा अध्यक्ष काली बहादुर सिंहले स्थानीय सरकारले महिलाहरुलाई पछिल्लो समय सहकारी मार्फत उद्यमशिलता तर्फ केन्द्रित गरेको बताए ।

सिहले परियोजना बाट भएको परिवर्तनले स्थानीय सरकारको सन्तुष्टि रहेको बताए । उनले गल्छी गाउँपालिका उपाध्यक्ष लगाएत समुहलाई मायाको चिनो उपहार प्रदान गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड कल्पना थापाको अध्यक्षता कार्यक्रम संचालन गरिएको थियो । धादिङ जिल्लाको गल्छी गाउँपालिका रिम्स संस्थाको साझेदारीमा हेफर मोडेलको परियोजना संचालन गरिएको छ । गल्छी गाउँपालिकाको तर्फ बाट उपाध्यक्ष राधा तिमिलसिनाले नगद १० हजार सहकारी तथा महिला समुहलाई उपहार स्वरुप प्रदान गरेकी थिइन।

  • ११ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech