७ बैशाख २०८२, आईतवार

दाङमा औद्योगिक, पर्यटन तथा कृषि महोत्सव फागुन २६ गतेदेखि शुरु
  • न्युज मानसराेवर

दाङ \ दाङ जिल्ला उद्योग वाणिज्य संघले ‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी–२०७८’ महोत्सव गर्ने भएको छ । संघले यही फागुन २६ गतेदेखि चैत्र ८ गतेसम्मका लागि दाङको घोराहीमा महोत्सवको आयोजना गर्ने भएको हो ।

‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ मुल नाराका साथ शुरु गरिने महोत्सवले विशेष गरी स्थानीय उत्पादनको पहिचान गर्दै यसलाई प्रवर्द्धन गर्ने महोत्सव मुल आयोजनक समितिका संयोजक एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी गराए ।

‘उद्योग वाणिज्य संघले विभिन्न समयमा यहाँको उद्योग, व्यापार, कृषि एवम् पर्यटनलगायतका क्षत्रको विकास र प्रवर्द्धनका लागि भूमिका खेल्दै आएको छ’, उनले भने, ‘यसैको निरन्तरता स्वरुप संघले महोत्सवको आयोजना गर्दैछ ।’

  • १२ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech